यो पढे पछि सबै तनाब गायब



हरेक मानिस केही न केही चिन्ता तथा तनावबाट गुज्रिरहेको हुन्छ तर आज हामीले ती सबै तनाब तथा चिन्ताबाट मान्छेलाई एकै छिन भए पनि कसरी मुक्ति दिने भन्ने सोचेर यहाँ केही रमाइलो चुड्किलाहरु लिएर आएका छौ।कृपया पढेर एक छिन हास्नु होस। 


😁😂😂एकचोटि किराहरु र जनावरहरुको फूटबल म्याच भएछ । हाफ ट्याम हुँदासम्म जनावरहरुले ६ गोल गरेछन्, तर किराहरुले भने गोलै गर्न सकेनछन् । दोश्रो हाफमा किराहरुको कोचले सय खुट्टे अरिमुठे (MILLIPEDE) ल्याएछ । अरिमुठेले दनादन १२ गोल ठोकेछ, किराहरुले १२-६ मा खेल जितेछन् । खेल सकिएपछि पत्रकारहरुले किराको कोचलाई सोधे;
“कोचज्यू, यस्तो राम्रो खेल्ने अरिमुठेलाई पहिल्यैबाट किन नखेलाएको?”
“पहिल्यैबाट खेलाउने मन त मलाईपनि थियो भाई, तर के गर्ने,बिचरालाई सय वटा खुट्टामा बुट कस्नै हाफ टाइमसम्म लाग्यो ।😂😂😂😂


सेरेले एउटी केटीलाई धेरै माया गर्थ्यो तर डराएर केही भन्न सकेको थिएन ।
1 दिन उसले म्यासेजमा I love u लेखेर पठाउने निर्णय गरेछ ।

उसले राती ‘I LOVE U’ लेखेर केटीको नंबरमा म्यासेज पठाएछ ।

केही समय पछि शेरेको मोबाइलमा म्यासेजको रिङटोन बजेछ तर उसले भोलीपल्ट बिहान नुहाइधुवाई गरेर मन्दिर गएर मात्र म्यासेज पढ्ने निर्णय गरेछ र सुतेछ ।
रात भरि केटीकै सपना देखेछ ।

बिहान उठेर नुहाएछ र मन्दिर गएछ । अनि मन्दिर गएर आएर म्यासेज पढेको त यस्तो लेखेको रैछ
.
.
.
+9771414 Your
Message Not delivered.
Account balance: 0.17 Rupees.
Please recharge in time.
Thank you😂😂😂😂


शेरेको तपस्या
एकदिन शेरे भगवानको तपस्या गर्दै रैछ ।
अचानक भगवान प्रकट भयछन अनि भनेछन ।
.
भगवान : त के चाहान्छस माग…?
.
.
शेरे: एउटा जागिर, ठुलो गाडि र त्यसमा धेरै केटि नै केटि….!
.
.
भगवान: तथास्तु…!
.
.
.
.
बिचरा शेरे आज एउटा Girl’s school मा बस ड्राइभर छ!😂😂😂😂


Comments

Popular posts from this blog

पहिलो विश्व युद्ध सम्पुर्ण जानकारी

मानव उत्पती कसरी भयो? के बादर नै मान्छे बनेको हो?सृष्टि कसरी सुरु भयो सम्पुर्ण जानकारी।

अनलाइन पैसा कसरी कमाउने घरमै बसेर।।