Posts

Showing posts from 2024

गोरु मारि फरार ३ जनाको पहिचान खुलेको छ

Image
आज भन्दा एक महिना अगाडि शन्तिपुर रोङ १ स्थित गोरुलाइ भिर बाट झारेर फरार हुने ३ जनाको पहिचान खुलेको छ।मान्छेको वतनको पहिचान भने भै सकेको छैन। तर काम गर्ने कम्पनि र कम्पनिको माध्यम द्वारा उनिहरुको वतनको पहिचान हुने लगभग पक्का भएको छ।  इन्टर्नेट प्रदायक कम्पनि टेकमाइन्डका कर्मचारिहरु उक्त ब्यक्ति रहेको अनुशन्धान बाट खुलेको शान्तिपुर प्रहरिले जनाएको छ। उक्त ब्यक्तिहरुलाइ कम्पनिको माध्यम बाट एक हप्ता भित्र घटना स्थलमा उपलब्ध गराइ कानुन बमोजिमको कारबाहि अगाडि बढाइने शन्तिपुर प्रहरि इन्चार्ज नबराज सुब्बाले जानकारि दिनुभएको छ।

भिर बाट गोरु झारी ३ जना फरार

Image
इलाम रोङ १ शान्तिपुर स्थित चरनबाट फर्किदै गरेको वर गोरुलाई मोटरबाक सवार ३ जनाले मोटरसाइलबाट खेदाइ भिर मुनि झारीदिएको गोरु धनीले जानकारी दिएका छन।गोरुको भिरमुनि रुखमा ठोकिएर तत्काल मृत्यु भएको छ।खोजी गरिएको तर पत्तो लाग्न नसकेका उक्त ३ जना बुजुली बिभागमा काम गर्ने जस्ता देखिने स्थानियले बताएका छन।  कसैले चिनेको जानेको मान्छे भए गोरु धनीलाई जानकारी गराइ उक्त फरार ब्यक्तीहरुलाई पकडी कारबाही स्वरुप क्षतिपुर्ति दिलाइ दिन यहि लेख मार्फत जानकारी गराउन चाहन्छौ। कृपया यो पोस्टलाई धेरै भन्दा धेरै सेयर गरेर सबै सामु पुर्याइदिनु होला 

नेपालको राजनिती घटना क्रम सुरुवात देखि अन्त्य सम्म

Image
पृथ्वीनारायण शाह गोरखाको राजा हुँदा भारतमा इष्ट इण्डिया कम्पनीको नाममा अंग्रेज सरकारको स्थापना र विस्तार भैरहेको थियो । विगतको एकीकृत नेपाल विविध कारणले बाइसे चौबीसे राज्यमा विभाजित भई एक आपसमा शत्रुतापूर्ण व्यवहार र युद्धमा सीमित थिए ।एकातर्फ देशको राष्ट्रिय अखण्डता सङ्कटमा थियो भने अर्कोतर्फ आर्थिक विकास अवरुद्ध थियो । यस चुनौतीपूर्ण घडीमा पृथ्वीनारायण शाहले राष्ट्रिय एकीकरणको श्रीगणेश गरी एकीकृत आधुनिक नेपालको स्थापना गरे । नेपालको एकीकरण गर्न पृथ्वीनारायण शाहले सफल कूटनीति, रणनीति र युद्धनीति अवलम्बन गरेका थिए । एकीकरणको आन्दोलन सुगौली सन्धिपश्चात् रोकियो । त्यसपछि राजदरबारमा षड्यन्त्रले स्थान लियो । कोतपर्वपछि जङ्गबहादुरले राणा शासन स्थापना गरे । आधुनिक नेपालको राजनीतिक  इतिहास को विकास राणा शासनविरूद्धको आन्दोलनबाट सुरु हुन्छ । वि.सं. २००७ साल असोज ७ र ८ गते भारतको वैरगनीयामा भएको नेपाली काँग्रेसको सम्मेलनले नेपालमा राणाशासनको अन्त्य र प्रजातन्त्रको स्थापनाको लागि सशस्त्र सङ्घर्ष गर्ने निर्णय गरेअनुरूप २००७ साल कार्तिक २५ गतेदेखि मातृकाप्रसाद कोइरालाको नेतृत्वमा नेपाल