Posts

आफ्नै फोन अथवा ल्याप्टबबाट EDV भर्नु होस लिङ्क यहाँ दिएको छ।

Image
गत अक्टोबर 4 देखि 2025 को EDV खुलेको छ। तपाइँहरु आफैले घर बसि बसि भर्न सक्नु हुन्छ जसको लागि हामिले EDV को लिङ्क यहाँ  राखिदेका छौ जसलाई खोलेर आफैले फर्म भरेर साइबरमा तिर्नु पर्ने महङ्गो शुल्क बचाउनु होला। https://dvprogram.state.gov/application.aspx यो लिङ्कमा छुनु होस फर्म खुल्ने छ।फर्म भर्दा ध्यान दिनु पर्ने कुरा। १-फोटो  २- नाम जन्म मिति जन्म स्थान लगाएतका विवरण नागरिकता अनुसार भर्नु होला।

त्रिदेशीय टि20i मा नेपालको आज दोश्रो जित

Image
नेपालले आज हङकङलाई ६ विकेटले पराजित गरी नेपाल ट्वान्टी–२० आई अन्तर्राष्ट्रिय शृंखलामा लगातार दोस्रो विजय हात पारेको छ । राउन्ड रोबिन लिगको आधारमा भइरहेको प्रतियोगिताको पहिलो खेलमा नेपालले बुधबार यूएईलाई ७ विकेटले पराजित गरेको थियो । नेपालले ९५ रनको सामन्य लक्ष्यलाई १३.४ ओभरमै ९९ रन बनाउदै पुरा गर्यो । आसिफ शेखले ४२ रन बनाउदै नेपाललाई सजिलो विजय दिलाए । उनले ३४ बलको सामना गरि ६ चौका प्रहार गरे । अर्का ओपनर कुशल भुर्तेल ८ रनमै आउट भएका थिए । कुशल मल्ल १, सन्दीप जोरा ३ रनमा आउट भए । कप्तान रोहित पौडेल र गुल्शन झा क्रमश २५ र १४ रन बनाई खेल टुग्याए । विजयी छक्का प्रहार गरेका रोहितले २० बल खेली १ चौका र २ छक्का प्रहार गरे । आसिफ आउट भएपछि आएका गुल्शनले दुई छक्का प्रहार गर्नेक्रममा ५ बलमात्र खेले । यसअघि नेपालले टस जितेपछि ब्याटिङमा आएको हङकङ मुलपानी क्रिकेट मैदानमा १९.३ ओभरमा ९४ रनमै आउट भएको थियो । करण केसीले ४ विकेट लिएपछि हङकङको इनिङ्स धरमराएको थियो । उनले ४ ओभरमा १५ रन खर्चे । अविनाश बोहराले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । उनले सो क्रममा ट्वान्टी २० अन्तर्राष्ट्रियमा आफ्नो

नेपालको अगाडि हङ्कङ निरिय देखियो

Image
हङकङले नेपाल ट्वान्टी २० आई अन्तर्राष्ट्रिय शृंखलामा नेपाललाई ९५ रनको सामान्य लक्ष्य दिएको छ । नेपालले टस जितेपछि ब्याटिङमा आएको हङकङ मुलपानी क्रिकेट मैदानमा १९.३ ओभरमा ९४ रनमै आउट भयो ।   करण केसीले ४ विकेट लिएपछि हङकङको इनिङ्स धरमराएको थियो । उनले ४ ओभरमा १५ रन खर्चे । अविनाश बोहराले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । उनले सो क्रममा ट्वान्टी २० अन्तर्राष्ट्रियमा आफ्नो ५० विकेट पुरा गरेका थिए । उनी नेपालबाट ट्वान्टी २० अन्तर्राष्ट्रियमा ५० विकेट पुरा गर्ने तेस्रो खेलाडी हुन् । अर्का तीब्र बलर सोमपाल कामीले पनि २ विकेट लिए । उनले ३.३ ओभरमा १० रनमात्र खर्चे । कुशल मल्ल र श्याम (मौसम) ढकालले १/१ विकेट लिए । करणले खेलको पहिलो बलमै निजाकत खानलाई बोल्ड गरी विकेट लिन सुरु गरेका थिए । त्यहीबाट हङकङको संघर्ष सुरु भएको थियो । यासिम मुर्ताजाले हङकङबाट सर्वाधिक ३६ रन बनाए । उनले ३६ बल खेली २ चौका र १ छक्का प्रहार गरे । दोहोरो अंकको स्कोर बनाउने अर्का खेलाडी जिशान अलीले १७ रन बनाए । उनले २० बल खेली २ चौका प्रहार गरे । नेपालको प्रतियोगितामा यो दोस्रो खेल हो । अघिल्लो दिन नेपालले यूएईलाई

युएइ माथी नेपालको शानदार जित

Image
नेपालले यूएईलाई ७ विकेटले पराजित गर्दै नेपाल ट्वान्टी २० आई अन्तर्राष्ट्रिय शृंखलामा विजयी सुरुआत गरेको छ । १ सय ४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा पूरा गरेको थियो । कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले चौथो विकेटमा अविजित ९३ रनको साझेदारी गरि नेपाललाई जिताए । कप्तान रोहित पौडेल ५१ र र दीपेन्द्रसिंह ऐरी ३४ रन बनाई अविजित रहे । रोहितले पछिल्ला चार ट्वान्टी २० अन्तर्राष्ट्रिय खेलमा तेस्रो अर्धशतक बनाएका हुन् । रोहितले ४० बल खेली ५ चौका तथा दीपेन्द्रले २३ बल खेली ३ चौका र १ छक्का प्रहार गरे ।   कुशल भुर्तेल १४ बलमा १४ रन बनाई आउट भएका थिए । दुर्भाग्यपूर्ण रनआउट भएका कुशल मल्लले ९ बलमा २ चौका प्रहार गर्दै ११ रन बनाए । ओपनर आसिफ शेख २७ बल खेली २ चौका र १ छक्का प्रहार गर्दै २३ रन बनाए । यूएईका निलान्श केसवानी र अली नासिरले १–१ विकेट लिए । यसअघि नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ४० रन बनाएको थियो । मुलपानी क्रिकेट मैदानमा खेलिएको पहिलो ट्वान्टी २० अन्तर्राष्ट्रिय खेलमा यूएईको सुरुआत राम्रो थिएन । सोमपाल कामीले खेलको पहिलो ओभरमै ‘डेब्

इजरायलबाट ५ जना नेपालीको शव ३ दिन भित्रमा ल्याइने

Image
दक्षिण इजरायलको किबुज अलुमिममा असोज २० मा प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणमा परी मारिएका १० नेपाली विद्यार्थीमध्ये ५ जनाको शव पहिचान हुन अझै बाँकी छ । पाँच शवको भने गत आइतबार नै पहिचान खुलेको थियो । ती शव स्वदेश पठाउने प्रक्रिया भने अगाडि बढाइसकिएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार तीन दिनभित्र ती शवहरू नेपाल पठाइनेछ । मृतक घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्रसिंह धामी, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बौनिया–३ कैलालीका आशिष चौधरी र लेकम–५ दार्चुलाका दीपेशराज बिष्टका शव पहिचान भएको हो । हमासको आक्रमणमा मारिएका सपही–६ धनुषाका आनन्द साह, मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार, पाँचनली–३ डोटीका राजन फुलरा, लमिखल–८ डोटीका पदम थापा र शारदा–३ सल्यानका प्रवेश भण्डारीको शव पहिचान हुन बाँकी रहेको नेपाली दूतावासले जनाएको छ ।  इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालका अनुसार पहिचान भएका शव छिटो नेपाल पठाउन र अन्य शवको पहिचान गर्न एक जना इजरायली नागरिकलाई खटाइएको छ । ‘पहिचान भएका शव छिटो नेपाल पठाउन र अन्य शव पहिचान गर

कैलालीको गेटामा अस्पताल सन्चालन

Image
मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठानपछि विश्वविद्यालय घोषणा गरिएको कैलालीको गेटामा बुधबारदेखि एक सय शय्याको अस्पातल सञ्चालन हुने भएको छ । गेटा अस्पतालका निर्देशक डा. प्रमोद जोशीले पत्रकार सम्मेलन गरी कात्तिक १ गतेदेखि सामान्य सुविधासहित एक सय शय्याको अस्पताल सञ्चालन हुने जानकारी दिएका हुन् । डा. जोशीका अनुसार जनरल ओपीडी सेवा, हाडजोर्नी तथा नशा रोग, स्त्री रोग, जनरल सर्जरी, अल्ट्रासाउन्ड सेवा, एक्सरे सेवा, प्रयोगशाला र फार्मेसी सेवासहितको अस्पताल सञ्चालन हुने भएको हो । ‘११ जना विशेषज्ञ चिकित्सकसहित बुधबारदेखि सेवा सुरु भए पनि सेवा विस्तार हुँदै जाने छ,’ डा. जोशीले भने, ‘आगामी वैशाख महिनाभित्र थप सात वटा विशेषज्ञ सेवा विस्तार गरिने छ ।’ २०५१ सालमा तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले कञ्चनपुरको दैजीमा मेडिकल कलेज स्थापना गर्ने निर्णय गरेको २९ वर्षपछि मेडिकल कलेजका लागि बनेको भवनमा बुधबारदेखि अस्पताल सञ्चालन हुने भएको हो । सरकारले मेडिकल कलेज स्थापनाका लागि भौतिक पूर्वाधार निर्माण गरेपछि सरकारले गत पुसमा विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो ।

इजरायलबाट थप 11 नेपालीको उद्दार

Image
सरकारले इजरायलमा रहेका थप १९ जना नेपालीको उद्धार गरेको छ । गत साता हमासको आक्रमणपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई सरकारले उद्धार गरेको हो। सरकारले उनीहरुलाई भारतीय विमानमार्फत् दिल्ली हुँदै नेपाल ल्याउन प्रबन्ध मिलाएको हो । परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार इजरायलको तेल अभिभबाट भारतको उद्धार विमानमार्फत् १९ नेपालीको उद्धार गरिएको जानकारी दिए । '१९ जना नेपाली नागरिक तेल अभिभबाट इन्डियन रेस्क्यु फ्लाइटबाट उड्दै हुनुहुन्छ,' उनले भने ।  मन्त्रालयकाअनुसार तेल अभिभबाट बिहान ९ बजे स्पाइस जेटमार्फत् भारतीय नागरिकहरुसँगै १९ नेपाली नागरिकको पनि उद्धार गरेर ल्याइएको हो ।  दिल्ला आइपुगेपछि नेपालीहरुलाई त्यहाँ रहेको नेपाली दूतावासमार्फत् गौरीफन्टा नाका हुँदै कैलाली ल्याउने तयारी छ । उनीहरु मंगलबार बेलुका दिल्ली पुग्नेछन् भने बुधबार कैलाली आइपुग्नेछन् ।  परराष्ट्र मन्त्रालयकाअनुसार उद्धार गरिएकाहरुमा नन्दसिंह भुल, सुजेन्द्र खड्का, प्रतिभा रौनियार, अनुमा डंगोल, हिना खाँण, आतिस गुरुङ, जुनु गुरुङ, मौसमी पाख्रिन, प्रतिमा तिम्सिना, राजकुमार मानन्धर, संगीता दुलाल