Posts

त्रिदेशीय टि20i मा नेपालको आज दोश्रो जित

Image
नेपालले आज हङकङलाई ६ विकेटले पराजित गरी नेपाल ट्वान्टी–२० आई अन्तर्राष्ट्रिय शृंखलामा लगातार दोस्रो विजय हात पारेको छ । राउन्ड रोबिन लिगको आधारमा भइरहेको प्रतियोगिताको पहिलो खेलमा नेपालले बुधबार यूएईलाई ७ विकेटले पराजित गरेको थियो । नेपालले ९५ रनको सामन्य लक्ष्यलाई १३.४ ओभरमै ९९ रन बनाउदै पुरा गर्यो । आसिफ शेखले ४२ रन बनाउदै नेपाललाई सजिलो विजय दिलाए । उनले ३४ बलको सामना गरि ६ चौका प्रहार गरे । अर्का ओपनर कुशल भुर्तेल ८ रनमै आउट भएका थिए । कुशल मल्ल १, सन्दीप जोरा ३ रनमा आउट भए । कप्तान रोहित पौडेल र गुल्शन झा क्रमश २५ र १४ रन बनाई खेल टुग्याए । विजयी छक्का प्रहार गरेका रोहितले २० बल खेली १ चौका र २ छक्का प्रहार गरे । आसिफ आउट भएपछि आएका गुल्शनले दुई छक्का प्रहार गर्नेक्रममा ५ बलमात्र खेले । यसअघि नेपालले टस जितेपछि ब्याटिङमा आएको हङकङ मुलपानी क्रिकेट मैदानमा १९.३ ओभरमा ९४ रनमै आउट भएको थियो । करण केसीले ४ विकेट लिएपछि हङकङको इनिङ्स धरमराएको थियो । उनले ४ ओभरमा १५ रन खर्चे । अविनाश बोहराले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । उनले सो क्रममा ट्वान्टी २० अन्तर्राष्ट्रियमा आफ्नो

नेपालको अगाडि हङ्कङ निरिय देखियो

Image
हङकङले नेपाल ट्वान्टी २० आई अन्तर्राष्ट्रिय शृंखलामा नेपाललाई ९५ रनको सामान्य लक्ष्य दिएको छ । नेपालले टस जितेपछि ब्याटिङमा आएको हङकङ मुलपानी क्रिकेट मैदानमा १९.३ ओभरमा ९४ रनमै आउट भयो ।   करण केसीले ४ विकेट लिएपछि हङकङको इनिङ्स धरमराएको थियो । उनले ४ ओभरमा १५ रन खर्चे । अविनाश बोहराले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । उनले सो क्रममा ट्वान्टी २० अन्तर्राष्ट्रियमा आफ्नो ५० विकेट पुरा गरेका थिए । उनी नेपालबाट ट्वान्टी २० अन्तर्राष्ट्रियमा ५० विकेट पुरा गर्ने तेस्रो खेलाडी हुन् । अर्का तीब्र बलर सोमपाल कामीले पनि २ विकेट लिए । उनले ३.३ ओभरमा १० रनमात्र खर्चे । कुशल मल्ल र श्याम (मौसम) ढकालले १/१ विकेट लिए । करणले खेलको पहिलो बलमै निजाकत खानलाई बोल्ड गरी विकेट लिन सुरु गरेका थिए । त्यहीबाट हङकङको संघर्ष सुरु भएको थियो । यासिम मुर्ताजाले हङकङबाट सर्वाधिक ३६ रन बनाए । उनले ३६ बल खेली २ चौका र १ छक्का प्रहार गरे । दोहोरो अंकको स्कोर बनाउने अर्का खेलाडी जिशान अलीले १७ रन बनाए । उनले २० बल खेली २ चौका प्रहार गरे । नेपालको प्रतियोगितामा यो दोस्रो खेल हो । अघिल्लो दिन नेपालले यूएईलाई

युएइ माथी नेपालको शानदार जित

Image
नेपालले यूएईलाई ७ विकेटले पराजित गर्दै नेपाल ट्वान्टी २० आई अन्तर्राष्ट्रिय शृंखलामा विजयी सुरुआत गरेको छ । १ सय ४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा पूरा गरेको थियो । कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले चौथो विकेटमा अविजित ९३ रनको साझेदारी गरि नेपाललाई जिताए । कप्तान रोहित पौडेल ५१ र र दीपेन्द्रसिंह ऐरी ३४ रन बनाई अविजित रहे । रोहितले पछिल्ला चार ट्वान्टी २० अन्तर्राष्ट्रिय खेलमा तेस्रो अर्धशतक बनाएका हुन् । रोहितले ४० बल खेली ५ चौका तथा दीपेन्द्रले २३ बल खेली ३ चौका र १ छक्का प्रहार गरे ।   कुशल भुर्तेल १४ बलमा १४ रन बनाई आउट भएका थिए । दुर्भाग्यपूर्ण रनआउट भएका कुशल मल्लले ९ बलमा २ चौका प्रहार गर्दै ११ रन बनाए । ओपनर आसिफ शेख २७ बल खेली २ चौका र १ छक्का प्रहार गर्दै २३ रन बनाए । यूएईका निलान्श केसवानी र अली नासिरले १–१ विकेट लिए । यसअघि नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ४० रन बनाएको थियो । मुलपानी क्रिकेट मैदानमा खेलिएको पहिलो ट्वान्टी २० अन्तर्राष्ट्रिय खेलमा यूएईको सुरुआत राम्रो थिएन । सोमपाल कामीले खेलको पहिलो ओभरमै ‘डेब्

इजरायलबाट ५ जना नेपालीको शव ३ दिन भित्रमा ल्याइने

Image
दक्षिण इजरायलको किबुज अलुमिममा असोज २० मा प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणमा परी मारिएका १० नेपाली विद्यार्थीमध्ये ५ जनाको शव पहिचान हुन अझै बाँकी छ । पाँच शवको भने गत आइतबार नै पहिचान खुलेको थियो । ती शव स्वदेश पठाउने प्रक्रिया भने अगाडि बढाइसकिएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार तीन दिनभित्र ती शवहरू नेपाल पठाइनेछ । मृतक घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्रसिंह धामी, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बौनिया–३ कैलालीका आशिष चौधरी र लेकम–५ दार्चुलाका दीपेशराज बिष्टका शव पहिचान भएको हो । हमासको आक्रमणमा मारिएका सपही–६ धनुषाका आनन्द साह, मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार, पाँचनली–३ डोटीका राजन फुलरा, लमिखल–८ डोटीका पदम थापा र शारदा–३ सल्यानका प्रवेश भण्डारीको शव पहिचान हुन बाँकी रहेको नेपाली दूतावासले जनाएको छ ।  इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालका अनुसार पहिचान भएका शव छिटो नेपाल पठाउन र अन्य शवको पहिचान गर्न एक जना इजरायली नागरिकलाई खटाइएको छ । ‘पहिचान भएका शव छिटो नेपाल पठाउन र अन्य शव पहिचान गर

कैलालीको गेटामा अस्पताल सन्चालन

Image
मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठानपछि विश्वविद्यालय घोषणा गरिएको कैलालीको गेटामा बुधबारदेखि एक सय शय्याको अस्पातल सञ्चालन हुने भएको छ । गेटा अस्पतालका निर्देशक डा. प्रमोद जोशीले पत्रकार सम्मेलन गरी कात्तिक १ गतेदेखि सामान्य सुविधासहित एक सय शय्याको अस्पताल सञ्चालन हुने जानकारी दिएका हुन् । डा. जोशीका अनुसार जनरल ओपीडी सेवा, हाडजोर्नी तथा नशा रोग, स्त्री रोग, जनरल सर्जरी, अल्ट्रासाउन्ड सेवा, एक्सरे सेवा, प्रयोगशाला र फार्मेसी सेवासहितको अस्पताल सञ्चालन हुने भएको हो । ‘११ जना विशेषज्ञ चिकित्सकसहित बुधबारदेखि सेवा सुरु भए पनि सेवा विस्तार हुँदै जाने छ,’ डा. जोशीले भने, ‘आगामी वैशाख महिनाभित्र थप सात वटा विशेषज्ञ सेवा विस्तार गरिने छ ।’ २०५१ सालमा तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले कञ्चनपुरको दैजीमा मेडिकल कलेज स्थापना गर्ने निर्णय गरेको २९ वर्षपछि मेडिकल कलेजका लागि बनेको भवनमा बुधबारदेखि अस्पताल सञ्चालन हुने भएको हो । सरकारले मेडिकल कलेज स्थापनाका लागि भौतिक पूर्वाधार निर्माण गरेपछि सरकारले गत पुसमा विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो ।

इजरायलबाट थप 11 नेपालीको उद्दार

Image
सरकारले इजरायलमा रहेका थप १९ जना नेपालीको उद्धार गरेको छ । गत साता हमासको आक्रमणपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई सरकारले उद्धार गरेको हो। सरकारले उनीहरुलाई भारतीय विमानमार्फत् दिल्ली हुँदै नेपाल ल्याउन प्रबन्ध मिलाएको हो । परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार इजरायलको तेल अभिभबाट भारतको उद्धार विमानमार्फत् १९ नेपालीको उद्धार गरिएको जानकारी दिए । '१९ जना नेपाली नागरिक तेल अभिभबाट इन्डियन रेस्क्यु फ्लाइटबाट उड्दै हुनुहुन्छ,' उनले भने ।  मन्त्रालयकाअनुसार तेल अभिभबाट बिहान ९ बजे स्पाइस जेटमार्फत् भारतीय नागरिकहरुसँगै १९ नेपाली नागरिकको पनि उद्धार गरेर ल्याइएको हो ।  दिल्ला आइपुगेपछि नेपालीहरुलाई त्यहाँ रहेको नेपाली दूतावासमार्फत् गौरीफन्टा नाका हुँदै कैलाली ल्याउने तयारी छ । उनीहरु मंगलबार बेलुका दिल्ली पुग्नेछन् भने बुधबार कैलाली आइपुग्नेछन् ।  परराष्ट्र मन्त्रालयकाअनुसार उद्धार गरिएकाहरुमा नन्दसिंह भुल, सुजेन्द्र खड्का, प्रतिभा रौनियार, अनुमा डंगोल, हिना खाँण, आतिस गुरुङ, जुनु गुरुङ, मौसमी पाख्रिन, प्रतिमा तिम्सिना, राजकुमार मानन्धर, संगीता दुलाल

सबै भन्दा

ठूलो देश > चीन  विश्वको सबै भन्दा ठूलो क्षेत्र फल भएको देश चाइना हो।। लामो नति>नाइल विश्वको सबै भन्दा लामो नदि भनेर नाइल नदिलाई चिनिन्छ।जुन अफ्रिका मा छ जसको लम्बाइ 6650 कि.मि छ धेरै जनसंख्या > चीन  विश्वको सबै भन्दा धेरै जनसंख्या भएको देश चीन हो जहा लगभग डेड अरब जनसंख्या छ। धेरै बोलिने भाषा> अङ्ग्रेजी  अङ्ग्रेजी भाषा विश्वको सबै देशमा कहि न कहि प्रयोग हुन्छ।यसला विश्वव्यापी भषा भन्दा फरक पर्दैन  सानो देश> भ्याक्टिकन सिटि  भ्याक्टिकन सिटि युरोप स्थित विश्वकै सबै भन्दा सानो देश हो जस्को कुल क्षेत्रफल 44 हेक्टर छ।। ठूलो मरुभूमि> साहारा मरुभुमी  साहारा मरुभूमि अफ्रीका महादेश स्थित विश्वको सवै भन्दा ठूलो मरुभुमी हो जस्को क्षेत्रफल 9200000 वर्ग किमि छ।। ठूलो महासागर> हिन्द महासागर हिन्द महासागर ( indian ocean) पृथ्वीको सबै भन्दा ठूलो महासागर हो। यसको कुल क्षेत्रफल 7,05,60,000 वर्ग किमि छ।जहाँ पृथ्वीको 19.8% पानी रहेको छ।।  यस्तै यस्तै जानकारी तथा मनोरन्जनको लागि हामी लाई हेर्दै गर्नुहोला