Posts

Showing posts from April, 2024

नेपालको राजनिती घटना क्रम सुरुवात देखि अन्त्य सम्म

Image
पृथ्वीनारायण शाह गोरखाको राजा हुँदा भारतमा इष्ट इण्डिया कम्पनीको नाममा अंग्रेज सरकारको स्थापना र विस्तार भैरहेको थियो । विगतको एकीकृत नेपाल विविध कारणले बाइसे चौबीसे राज्यमा विभाजित भई एक आपसमा शत्रुतापूर्ण व्यवहार र युद्धमा सीमित थिए ।एकातर्फ देशको राष्ट्रिय अखण्डता सङ्कटमा थियो भने अर्कोतर्फ आर्थिक विकास अवरुद्ध थियो । यस चुनौतीपूर्ण घडीमा पृथ्वीनारायण शाहले राष्ट्रिय एकीकरणको श्रीगणेश गरी एकीकृत आधुनिक नेपालको स्थापना गरे । नेपालको एकीकरण गर्न पृथ्वीनारायण शाहले सफल कूटनीति, रणनीति र युद्धनीति अवलम्बन गरेका थिए । एकीकरणको आन्दोलन सुगौली सन्धिपश्चात् रोकियो । त्यसपछि राजदरबारमा षड्यन्त्रले स्थान लियो । कोतपर्वपछि जङ्गबहादुरले राणा शासन स्थापना गरे । आधुनिक नेपालको राजनीतिक  इतिहास को विकास राणा शासनविरूद्धको आन्दोलनबाट सुरु हुन्छ । वि.सं. २००७ साल असोज ७ र ८ गते भारतको वैरगनीयामा भएको नेपाली काँग्रेसको सम्मेलनले नेपालमा राणाशासनको अन्त्य र प्रजातन्त्रको स्थापनाको लागि सशस्त्र सङ्घर्ष गर्ने निर्णय गरेअनुरूप २००७ साल कार्तिक २५ गतेदेखि मातृकाप्रसाद कोइरालाको नेतृत्वमा नेपाल